पञ्चकन्याको “डेकिङ्ग” सिट बजारमा, यस्ता छन् विशेषता




काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने “ग्याल्भनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण शुरु भएको छ ।

विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यो सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ । यो सिट निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मुल्यमा समेत किफायति रहेको कम्पनीले जनाएको छ । उक्त सिटले बजार लिनुमा तौलमा हलुका, मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत विशेषताहरु प्रमुख रहेको बताइएको छ ।

त्यसै गरी कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ । जसले गर्दा भवनलाई भार कम पर्नुका साथै यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट नरहने, आवश्यकता अनुसार साइजमा पाइन्छ । यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु