सिंगटी हाईड्रोले साढे ४३ करोडको आइपीओ ल्याउँदै

क्लिकमान्डु २०७६ असार २६ गते १८:०३ मा प्रकाशित

काठमाडौं । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ ।

दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जीका कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन् ।

हाईड्रो ईनर्जीले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँका दरले ४३ लाख ५० हजार कित्ता सेयर आगामी असोजसम्ममा निष्काशन गर्ने तयारी गरेको जनाएको छ ।

जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स