सानिमा लाइफले ६० करोडको आइपीओ ल्याउने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सानिमाले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने छ । समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीबन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ ।

सानिमाको संस्थापक सेयरधनीको तर्फबाट १ अर्ब ४० करोड रुपैयाँ पुँजी रहेको छ । अब सर्वसाधारण लगानीकर्ता तर्फबाट ६० करोड रुपैयाँ थपिएपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने भएको छ । जीवन बीमा कम्पनीहरुले जारी पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई छुट्टयाएका छन् ।


क्लिकमान्डु