राजस्वले धोका दिएपछि सरकारले वर्षको अन्तिममा ४३ अर्ब ऋण उठाउने



काठमाडौं । आर्थिक वर्ष सकिन अब एक साता बाँकी छ । आगामी बुधबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुने छ ।

सरकारले आर्थिक वर्ष सकिन एक साता बाँकी रहदा ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ ।

सरकारले टे«जरी बिल्स अन्तर्गत २० अर्ब रुपैयाँ र विकास ऋणपत्र अन्तर्गत २३ अर्ब रुपैयाँ ऋण उठाउन थालेको हो ।

ट्रेजरी बिल्समा २८ दिने देखि लिएर ३६५ दिने रहेको छ भने विकास ऋणपत्रमा ५ वर्षे र ८ वर्षे रहेको छ ।

आर्थिक वर्ष समाप्तीसँगै सरकारले भुक्तानी दिने काममा तीव्रता दिएको छ । मंगलबारसम्ममा सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ खर्च गरेको छ । विकास खर्च र चालु खर्चको बिल हरेक दिन काटिएको छ ।

राजस्व भने मंगलबारसम्म ६ खर्ब ७२ अर्ब उठेको छ ।


क्लिकमान्डु