मर्जरको लागि नबिल बैंकको यस्तो छ तयारी, सीइओ अनिल शाह भन्छन्- मिल्ने संस्था हुनुपर्यो



काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य भएको र नाफाको आधारमा दोस्रो स्थानमा रहेको बैंक नबिल बैंकले अहिलेसम्म नेपाल राष्ट्र बैंकमा मर्जरको प्रतिबद्धता बुझाएको छैन ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जानको लागि बैंक तथा तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले नबिल बैंकलाई कुनै संस्था गाभेर लगिदिए हुन्थ्यो भन्ने इच्छा जनाएको छ ।

नबिल बैंकको संचालक समितिले अहिलेसम्म मर्जर तथा एक्विजेशनको लागि कुनै तयारी भने गरेको छैन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह आफुहरुले मौद्रिक नीतिलाई कुरेर बसेको बताए ।

‘नबिल बैंक मर्जरमा जादैन भन्ने होइन,उपयुक्त संस्था पाएमा मर्जरमा जानको लागि समस्या छैन,’क्लिकमाण्डूसँग भने ।

यद्यपी अहिलेसम्म मर्जरको तयारी भने बैंकले केहीपनि नगरेको बताए ।
‘कोहीसँगपनि हाम्रो मर्जरको विषयमा कुराकानी भएको छैन,मौद्रिक नीति कसरी आउने छ,त्यसलाई हामीले कुरेर बसेका छौ,’उनले थपे ।

‘नीतिले मर्जरको लागि कस्तो निर्देशन दिन्छ,त्यो आधारमा हामी अगाडि बढ्ने हो,’शाहले भने ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नबिल बैंकले ३ अर्ब १९ करोड रुपैयाँ नाफा गरेको थियो ।


क्लिकमान्डु