महालक्ष्मी विकास बैंकले राष्ट्र बैंकमा मर्जरको प्रतिबद्धता बुझायो



काठमाडौं । महालक्ष्मी विकास बैंकले मर्जरमा जाने आफ्नो प्रतिबद्धता राष्ट्र बैंकमा बुझाएको छ ।

महालक्ष्मी विकास बैंकले उपयुक्त संस्था पाए मर्जर र एक्वाएरको लागि तयार रहेको प्रस्ताव गरेको हो ।

राष्ट्रिय स्तरको ‘ख’वर्गको महालक्ष्मी विकास बैंकसँग मर्जरको अनुभव रहेको छ ।
विकास बैंकहरुमा तीनवटा संस्थाले मात्र आजको दिनसम्म राष्ट्र बैंकमा प्रतिबद्धता व्यक्त गरेका छन् । जसमा सहयोगी विकास बैंकले भने सिटिजन्स बैंकसँग एक्वाएर हुने सहमति गरेको छ ।

अर्को राष्ट्रिय स्तरको विकास बैंक साग्रिला डेभलपमेन्ट बैंकले समेत मर्जरमा जान तयार रहेको प्रस्ताव राष्ट्र बैंकमा पठाएको छ ।


क्लिकमान्डु