किन पढ्ने व्यवस्थापन विषय ?- एनएमबी बैंकका सीईओ सुनिल केसीको सुझाव (भिडियो)




यतिबेला एसईई सकाएर कक्षा ११ मा भर्नाका लागि विद्यार्थीहरु कुन विषय पढ्ने भन्ने अन्योलमा छन् । विद्यार्थीका लागि विज्ञान, मानविकी, शिक्षा संकायका साथै व्यवस्थापन संकाय पनि छ ।

त्यतिमात्रै होइन, प्राविधिक तथा व्यवसायिक सीप सिकाउने सिटिइभिटीका कोर्सहरु पनि विकल्पका रुपमा रहेका छन् ।

कुनै पनि विषय राम्रो वा नराम्रो भन्ने हुँदैन । सबै विषयका आ–आफ्नो महत्व हुन्छ । विषय अनुसारका क्षेत्र हुन्छन् । विद्यार्थीले आफ्नो करिअर अनुसारको विषय छनोट गर्नुपर्छ ।

साथै कुन क्षेत्रमा स्कोप छ भविष्य कुन क्षेत्रमा राम्रो छ भन्ने आधारमा पनि विषय छनोटको माध्यम बनाउन सकिन्छ ।

आजका दिनमा राम्रो स्कोप भएको विषयका रुपमा व्यवस्थापनलाई लिन सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरुको वृद्धिदर र यसका लागि आवश्यक दक्ष जनशक्तीको माग हेर्दा व्यवस्थापन संकाय अध्ययन गर्नेहरुका लागि राम्रो स्कोप भएको विषय हो ।

अहिले बैंकिङ क्षेत्र निकै अवस्थामा छ । धेरै अवसरहरु पनि छन् । अबको १० वर्षमा जसरी यो क्षेत्र अगाडि बढ्न खोजेको छ त्यस हिसाबले यसको भविष्य निकै राम्रो छ भन्न सकिन्छ । व्यवस्थापन संकाय नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो कोर्सका रुपमा लिइन्छ ।

अहिले नेपालमा वर्षेनी ३५ देखि ४० हजार मानिसहरु प्रत्येक वर्ष आवश्यकता परिरहेको छ । बैंकिङ क्षेत्र पनि २० प्रतिशतको वृद्धिमा गइरहेका छन् । प्रविधिको उपयोगमा पनि बढावा दिँदैछन् । त्यस हिसाबले दक्ष जनशक्तीको माग निकै बढेको छ ।

अहिलेको शिक्षाको अवस्था हेर्दा व्यवस्थापन पढाउने कलेजहरु निकै राम्रा छन् । नेपालको शिक्षा विदेशी कलेजको भन्दा कम छैन् । कोर्सका हिसाबले नेपालमा अध्यापन हुने कोर्स निकै राम्रो छ । नेपाल मै पनि पढेर राम्रो गर्नेहरु धेरै छन् ।

आजका दिनमा अन्य कोर्सको तुलनामा व्यवस्थापन पढेकाहरुका लागि अवसरहरु धेरै छन् । पढाइ सकाइसकेपछि उसँग काम गर्ने चाहना, इच्छा र क्षमता कति छ त्यसले पनि फरक पार्ने भयो । पढाइ मात्रै भएर पनि हुँदैन । उसले कस्तो एटिट्युडले काम गर्छ भन्नेले पनि अर्थ राख्छ । सिक्छु भन्ने भावना र काम गर्ने चाहना भने हुनैपर्छ । त्यसका लागि पढाइ त महत्वपूर्ण हुने भैहाल्यो ।

त्यससँगै कक्षा ११ र १२ मा व्यवस्थापन अध्ययन गरिसकेपछि स्नातक तहमा यसैभित्र पनि विभिन्न बाटो अपनाउन सकिन्छ । जसमा होटल म्यानेजमेन्ट, सीए, बीआईएम, बीबीए, बीबीएस, बीबीएम, बीआईएम लगायतका विभिन्न कोर्सहरु अध्ययन गर्न सकिन्छ ।

त्यसैले व्यवस्थापन संकाय अध्ययन गर्न चाहने विद्यार्थीलाई यो विषयमा राम्रो स्कोप रहेकाले व्यवस्थापन संकाय पढ्न सुझाव दिन्छु ।


क्लिकमान्डु