मौद्रिक नीतिमा महासंघ अध्यक्ष राणाको सुझावः बैंकको स्प्रेडदर ३ प्रतिशत चाहियो (भिडियाे)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आगामी वर्षको मौद्रिक नीतिमा सुझाव दिदै बैंकको स्प्रेडदर ३ प्रतिशत कायम गर्नुपर्ने माग राखेकी छन् ।

बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर अहिले साढे ४ प्रतिशत हुनुपर्ने व्यवस्था छ । निजी क्षेत्रले यसलाई ३ प्रतिशतमा झार्न माग गरेको हो । महासंघ अध्यक्ष राणाले प्रिमियम ३ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था लागु गर्न माग गरिन् ।

मौद्रिक नीतिमा महासंघको २१ बुँदे सुझाबः स्प्रेड दर ३% र कर्जाको ब्याजदर एकल अंकमा झारौं

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्वसन्ध्यामा सुझाव लिन आयोजित कार्यक्रममा महासंघ अध्यक्ष राणाले बैंकहरुको आधारदर गणना विधी परिवर्तन गर्न माग गरेकी छन् । उनले महासंघ तर्फको बुझाएको २१ बुँदे सुझाव मौद्रिक नीतिमा कार्यान्वयन गरिनुपर्ने माग राखेकी छन् ।


क्लिकमान्डु