माछापुच्छ्रे बैंकले पायो ३ अर्वको ऋणपत्र जारी गर्न ICRANP-IR “A-” रेटिङ्ग
काठमाडौं । माछापुच्छ्रे बैंकले आइसिआरएएन–आइआर–ए–माइनस (ICRANP-IR “A-“) रेटिङ्ग प्राप्त गरेको छ ।
आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । माछापुच्छ्रे बैंकले (ICRANP-IR “A-“) रेटिङ्ग प्राप्त गरेपछि ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट . ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ ।
माछापुच्छ्रे बैंकले आफ्ना ११९ वटा शाखा र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकका देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।