मुक्तिनाथ विकास बैंकले खोल्यो एकैपटक ६ शाखा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा विभिन्न ठाउँमा एकैपटक ६ वटा शाखा विस्तार गरेको छ ।

काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको बैंकले जानकारि दिएको छ ।

बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु