आँधिखोला लघुवित्त वित्तीयको आइपिओ खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर ( आइपिओ) खुला गरेको छ ।

४ लाख कित्ता मध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारी, २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरेर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानीकर्ताले असार २२ देखि २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा साउन २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

उक्त सेयरमा लगानीकर्ताले एनआईबीएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । आँधिखोलाले ईक्रा रेटिङमा ग्रेड ४ पाएको छ ।


क्लिकमान्डु