भारतबाट आउने विषादीयुक्त तरकारी रोक्ने निर्णय २ साता टिकेन, ब्याक भयो सरकार



काठमाडौं । सरकारले भारतबाट आयात हुने विषादीयुक्त फलफूल परीक्षण नगरी नेपाल नल्याउने अडान २ साता पनि टिक्न सकेन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई पत्र पठाएर भारतीय तरकारी र फलफूलमा विषादी परीक्षणबारे चासो राखेको थियो । उक्त चासो व्यक्त गरेसँगै सरकारले विषादी परीक्षण रोकेको हो ।

सरकारले असारको पहिलो सातादेखि भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी भए नभएको परीक्षण गर्ने निर्णय गरेको थियो ।

उद्योगमन्त्री वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारले तयारी बिना नै निर्णय गरेकाले कार्यान्वयनमा समस्या भएको भन्दै आयातको बाटो खोल्न भनेका थिए ।

सरकारले तरकारी, फलफूल, दुधजन्य पदार्थ र इनर्जी ड्रिङसको आयातमा रोक लगाएको थियो ।

सरकारले रोक लगाएपछि नाकामा गाडीको लस्कर लागेको थियो ।

जसबाट भारतीय किसानमा ठूलो घाटा परेको थियो । भने भारतीय सञ्चारमाध्यममा यसबारेमा चर्को समाचारहरु आएका थिए ।


क्लिकमान्डु