घोडिघोडा लघुवित्तको आइपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)को बिक्री खुला भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
जसमा १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ९ हजार ६३० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएर १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।
उक्त कम्पनीको साधारण सेयरमा लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
साधारण सेयरमा आज (२०गते) देखि २५ गतेसम्म आवेदन दिने सकिने र त्यो अवधिमा आवश्यक आवेदन नपरेको खण्डमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।