फेसबुक, इन्टाग्राम र हवाटसएपमा फोटोमा देखिएको समस्या सल्टियो



काठमाडौं । फेसबुकले फोटो अपलोड, हेर्न र शेयर गर्न लगायत विविध पक्षमा देखिएको समस्या समाधान भएको बताएको छ ।

विश्वभर रहेका प्रयोगकर्ताहरुले फोटो तथा भिडियो अपलोड गर्न तथा हेर्न समस्या भोग्दै आएका थिए । यो समस्या फेसबुकमा मात्र नभई म्यासेन्जर, इन्टाग्राम र ह्वाटसएपमा समेत देखिएको थियो ।

फेसबुकले टुइट गर्दै भनेको छ- समया शतप्रतिशत समाधान भएको हुनुपर्छ ।

समस्याबारे थप स्पष्ट पार्दै भनेको छ- नियमित मर्मतका क्रममा अकस्मात अनपेक्षित समस्या आएको थियो जुन समाधान भइसकेको छ ।

फेसबुकका २.३ मिलियन मासिक प्रयोगकर्ता रहेका छन भने इन्टाग्राामा एक विलियन प्रयोगकर्ता रहेका छन ।

त्यस्तै प्रतिद्धन्द्धी टुइटरको पनि केही प्रयोगकर्ताहरुमा पनि म्यासेज पठाउन नमिल्ने वा नोटिफिकेशन प्राप्त गर्न नसक्ने समस्या भएको जनाइएको छ ।

गत मार्च महिनामा फेसबुक र इन्टाग्रामले अहिलेसम्मको सबैभन्दा लामो समस्या भोग्नुपरेको थियो ।


पुष्प दुलाल