सेयर बजारमा दोहोरो अंकको सुधार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउने क्रम देखिएको छ । नेप्से मापन गर्ने सूचक १५.६२ अंकले बढेर १२६८.६८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०२ २७२(९८ बिन्दुमा रोकिएको छ ।

१७४ कम्पनीको २० लाख ६४ हजार ९१३ कित्ता सेयर ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँको सेयर कारोबार भएको छ । ११ समूहको कारोबारमा सबै समूहको कारोबारमा सुधार आएको छ । बुधबार बैंकिङ समूहको उपसूचक १३.७६, डेभलपमेन्ट बैंक १४.३९, जलविद्युत १४.९४, निर्जीबन बीमा कम्पनी ९३.४१, उत्पादन तथा प्रशोधन १८.४६, माइक्रोफाइनान्स २६.०२, जीवन बीमा समूहको उपसूचक ९४.९३ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको ४ करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः सेन्चुरी कर्मियल बैंक र मेगा बैंक रहेका छन् ।

बुधबार सूर्योदय लघुवित्त वित्तीय वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, गनपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने रिलायन्स फाइनान्स, नाग्दी ग्रुप पावर, यूनियन हाईड्रोपावर, रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कारोबारमा बैंकिङ क्षेत्रमा जगानीकर्ता झुम्मिएको देखिएको छ ।


क्लिकमान्डु