मर्जरको छलफल गर्न सानिमा बैंकको संचालक समिति बैठक बस्ने, अरुलाई आफ्नोमा भित्राउने रणनीति



काठमाडौं । मर्जरको बारेमा छलफल गर्न बिहीबार सानिमा बैंकको संचालक समितिको बैठक बस्ने भएको छ ।

सानिमा बैंकको संचालक समितिको बैठकले मर्जरको प्रक्रिया अगाडि बढाउनको लागि कुनै संचालकको संयोजकत्वमा समिति गठन गर्ने छ ।

अहिलेसम्म सानिमाले अत्यन्त प्रारम्भिक बाहेक भने मर्जरको बारेमा छलफल अगाडि बढाएको छैन ।

समिति गठन भएपछि मर्जरको लागि छलफल अगाडि बढ्ने छ । सानिमा बैंकले आफ्नो बैंकमा अरुलाई गाभ्ने रणनीति अन्तर्गत काम गर्ने जनाएको छ ।

संचालक समितिको बैठकपछि बैंकले मर्जरको बारमा लिने निर्णयको प्रक्रिया अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।


क्लिकमान्डु