मर्जरको चर्चाः मेगाकाले कमाउँदा ग्लोबलकाले गुमाए, बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने बढन सकेको छैन । नेप्से मापन गर्ने सूचक ११.०२ अंकले बढेर परिसूचक १२५३.०६ बिन्दुमा रोकिएको छ ।
१७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता सेयर ४२ करोड ९४ लाख ७७ हजार २८८ रुपैयाँमा कारोबार भएको छ ।
१२ समूहको कारोबारमा ट्रेडिङ, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचकमा दबाब देखिँदा बैंकिङ ११.४२, निर्जीबन बीमा कम्पनी १०७.३३, जीवन बीमा समूहको उपसूचक ८७.२२ अंकको सुधार देखिएको छ ।
कारोबार रकमको आधारमा मेगा बैंक अग्रस्थानमा देखिएको छ । मेगाको ४ करोड ९५ लाख ५० हजार ४९ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंक र स्टयान्र्डर चार्टर्ड बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन् । यस्तै धेरै कारोबार गर्ने ठूला १० कम्पनी भित्र ग्लोबल आईएमई बैंक पनि रहेको छ । ग्लोबल बैंक र मेगा बैंकको मर्जरको हल्लाले गर्दा दुवै कम्पनीको सेयर मूल्य बढेको छ ।
सोमबार प्रति कित्ता २ रुपैयाँले घटेर १९८ रुपैयाँको किनबेच भएको मेगा बैंकको सेयर प्रति कित्ता ९ रुपैयाँले बढेर २०७ रुपैयाँ पुगेको छ ।
तर यता ग्लोबल आईएमई बैंकको सेयर मूल्य भने घटेको छ । सोमबार प्रति कित्ता २ रुपैयाँ घटेर २९७ रुपैयाँ पुगेको सेयर मूल्य मंगलबार पनि प्रति कित्ता ३ रुपैयाँले घटेर २९४ रुपैयाँ पुगेको छ ।