असार ३० भित्रै शुल्क नतिरे डिम्याट खाता रोक्का
काठमाडौं । नेपाल डिपि लिमिटेडमा डिम्याट खाता खोलेका सबैले आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक शुल्क असार ३० गतेभित्र भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने भएको छ ।
सोमबार सूचना जारी गर्दै डिपि लिमिटेडले डिम्याट खाता सञ्चालन गरेबापत लाग्ने वार्षिक शुल्क असार ३० गतेभित्र भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।
भुक्तानी गर्न इसेवा, कनेक्ट आईपीएस एंव फोन पोबाट पनि सकिने जनाएको छ । तोकिएको समयमा उक्त शुल्क भुक्तानी नगरेसम्मको लागि डिम्याट खाता रोक्का रहने डिपि लिमिटेडले जनाएको छ ।