सेयर बजारमा दोहोरो अंकको गिरावट, शिवमका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) मापन गर्ने सूचक १२.२७ अंकले घटेर १२४४.८९ बिन्दुमा रोकिएको छ ।
आइतबार ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले घटेर २६९.२४ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता सेयर ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ११ समूहको सूचकमा नै गिरावट आएको छ । जसमा बैंकिङ ११.८५, डेभलपमेन्ट बैंक १२.६९, जलविद्युत १३.१३, निर्जीबन बीमा कम्पनी ५९.९७, उत्पादन तथा प्रशोधन ३६.३८, माइक्रोफाइनान्स १५.३९, जीवन बीमा समूहको उपसूचक ५८.२९ अंकले घटेको छ ।
आइतबारको कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर १० करोड ३८ रुपैयाँको सेयर किनबेच भएको छ भने नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
आइतबारको कारोबारमा कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स कम्पनी, अरुण कावेली पावर, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने रैराङ हाईड्रोपावर, गुँरास लघुवित्त वित्तीय संस्था, शिमव सिमेन्ट, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।