प्रभु बैंकले ५ वटा देशमा सम्पर्क कार्यालय खोल्न सैद्दान्तिक सहमति पायो



काठमाडौं । प्रभु बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा  सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले आप्mनो सेवा प्रारम्भ गर्नेछ ।


क्लिकमान्डु