व्यवसायमा आक्रामक लगानी गर्दै व्यवसायिक घराना विशाल ग्रुप, यो वर्ष १६ अर्ब ६५ करोड ऋण लिने
काठमाडौं । व्यवसायिक घराना विशाल ग्रुप यो वर्ष सबैभन्दा बढी ऋणको माग गर्ने व्यवसायिक घराना बनेको छ ।
विशाल ग्रुपले आफ्ना विभिन्न कम्पनीको लागि १६ अर्ब ६५ करोड रुपैयाँको ऋण लिनको लागि रेटिङ गराएको छ ।
विशाल ग्रुप नेपालको ठूलो व्यवसायिक घराना हो ।
विशाल ग्रुपले ५ वटा कम्पनीको संचालन तथा क्षमता विस्तारको लागि ऋण लिन लागेको हो ।
नेपाल राष्ट्र बैंकले गतवर्ष ल्याएको मौद्रिक नीतिबाट ५० करोडभन्दा बढी ऋण लिने कम्पनी तथा फर्मले अनिवार्य रुपमा रेटिङ गराउनुपर्ने व्यवस्था गरेको थियो ।
सो व्यवस्था अनुसार ५० करोडभन्दा बढी ऋण लिने कम्पनी तथा फर्मले अनिवार्य रुपमा रेटिङ गराएका छन् ।
रेटिङ गरेका फर्म र कम्पनी हेर्दा सबैभन्दा बढी ऋण माग गर्नेमा व्यवसायिक घराना विशाल ग्रुप देखिएको हो ।
विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्र्सनले १ अर्ब १९ करोड रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ ।
ग्लोबल ट्रेडिङ विदेशी उच्च कोटीको मदिरा आयात गर्ने कम्पनी हो ।
विशाल ग्रुप अन्तर्गतको कम्पनीमा यो वर्ष सबैभन्दा बढी ऋण माग गर्नेमा युनाइटेड डिस्ट्रब्युटर हो । यो कम्पनी विदेशी ब्राण्डेट कम्पनीको नेपालमा बिक्रेता हो । युनाटेडले ८ अर्ब रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ ।
यस्तै विशाल ग्रुप अन्तर्गतका २ वटा अटोमोबाइल्स डिलरले समेत यो वर्ष ऋण लिनको लागि रेटिङ गराएका छन् ।
भिजी अटोमोबाइल्सले १ अर्ब ११ करोड रुपैयाँ र एडभान्स अटोमोबाइल्सले १ अर्ब २९ करोड रुपैयाँ ऋण लिन लागेका छन् ।
टे«डिङ मात्र नभएर विशाल ग्रुपले यो वर्ष आफुले संचालन गर्ने उद्योगमा समेत लगानी थप्न ऋण लिएको छ । विशाल ग्रुपको लगानी रहेको मनावत्ती स्टिलले यो वर्ष ४ अर्ब ९६ करोड रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ ।