७ वटा ब्रोकरले पाए मार्जिन कारोबारको अनुमति



काठमाडौैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा ब्रोकरलाई मार्जिन कारोबार गर्न अनुमति दिएको छ ।

दिव्या क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिइएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले क्लिकमाण्डूलाई जानकारी दिए ।

यी ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृत पाइसकेका छन् ।

नेप्सेको अनुसार दिपशिखा, दिव्या सेक्युरिटिज, एसियन सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, श्वेता सेक्युरिटिज, डाइनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिजिट, अनलाइन सेक्युरिटिज पनि मार्जिन कारोबारका लागि अनुमति मागेका छन् ।

उनीहरुले भने अहिलेसम्म अनुमति पाएका छैनन्, अनुमतिका लागि आवश्यक अध्ययन भइरहेको बताइएको छ ।

कम्तीमा १० हजार सेयरधनी भएको र दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश, आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन सुविधा पाउने व्यवस्था रहेको छ ।


क्लिकमान्डु