निरासाको घेराबन्दीमा सेयर बजार



काठमाडौं । सेयर बजारमा २.७८ अंकको गिरावट आएको छ । बुधबार नेप्से मापन गर्ने सूचक २.७८ अंकले घटेर १२५८.२९ बिन्दुमा रोकिएको छ । केही समय अघि बजारमा निरन्तर गिरावट आउन थालेपछि बजार १२६० बिन्दुमा आएपछि पुनः बढने आंकलन गरिएको थियो तर त्यो अहिले बजार १२६० को मनोवैज्ञानिक बिन्दुलाई छोडेको छ ।

लामो समय देखि सेयर बजारमा निरासा देखिएको छ । आगामी आवको बजेट पनि सेयर बजार मैत्री आएको र बजेट आएसँगै बजारको विकास हुने निकै चर्चा समेत भएको थियो । १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता सेयर ५७ करोड १ लाख २३ हजार ४८१ रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा ट्रेडिङ, होटल, अन्य र म्यूचुअल फण्डको उपसूचकमा सुधार आएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबै भन्दा बढी १९ करोड ४२ लाख ७३ हजार ४३० रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक ४ करोड १९ लाख ७४ हजार ८६६ र प्रभु बैंकको २ करोड ७१ लाख ५२ हजार ६७४ रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबारको कारोबारमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, आईएमई जनरल इन्स्योरेन्स, पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने गुँरास लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, गुँरासलाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु