बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने काम राष्ट्र बैंकबाट सकियो, अब धितोपत्र बोर्डको हातमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ वटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स पाउने गरी बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न अनुमति दिएको छ ।

राष्ट्र बैंकको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार १९ वटा बैंकहरुले प्रबन्धपत्र र नियमावलीमा थप एक उद्देश्य राख्ने गरी संशोधनको लागि राष्ट्र बैंकबाट अनुमति पाएका हुन् ।

निरौलाका अनुसार १ उद्देश्य थपसहित प्रबन्धपत्र र नियमावली संसोधनको लागि अनुमति पाउने बैंकहरुमा नबिल, हिमालयन, कृषि विकास बैंक, माच्छापुच्छ«े, नेपाल बंगलादेश, सिटिजन्स बैंक इन्टरनेशनल, सनराइज, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, बैंंक अफ काठमाण्डू, एनआईसि एसिया, कुमारी, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा, जनता, सेन्चुरी र सानिमा बैंक रहेका छन् । बाँकी केही बैंकले दिएको निवेदनको विषयमा अध्ययन भइरहेको उनको भनाई छ ।

१९ वटा वाणिज्य बैंकहरुलाई अब सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न केही बाटो भने खुलेको छ । राष्ट्र बैंकको अनुमतिसँगै सहायक कम्पनी खोलेर ब्रोकर सेवा सञ्चालनको लागि बैंकहरुलाई केही बाटो खुलेको छ । उनीहरुले अब सहायक कम्पनी खोल्न आफ्नो प्रबन्धपत्र नियमावली संशोधन गर्ने र कम्पनी खोलेर ब्रोकर सेवा दिनका लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । बैंकलाई ब्रोकर लाइसेन्स भने धितोत्रप बोर्डले दिने छ ।


क्लिकमान्डु