यी २९ बाहेक अन्य संस्थाबाट लगानी गर्दै हुनुहुन्छ भने होसियार, ठगिनु होला



काठमाडौं । धितोपत्र बोर्डले अनुमतिपत्र नलिई धितोपत्र व्यवसाय (लगानी व्यवस्थापन) नगर्न–नगराउन कम्पनीहरुलाई अनुुरोध गरेको छ ।

केही कम्पनीले अनुमति नै नलिइ गैरकानुनी रुपमा लगानी व्यवस्थापन गर्ने गरेको गुनासो आएको भन्दै आगामी दिनमा अनुमतिपत्र लिएर मात्र लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्न बोर्डले निर्देशन जारी गरेको जनाएको छ ।

बोर्डबाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने बोर्डको भनाई छ । लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्दा उक्त संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको यकिन गरेर मात्र उक्त सेवा लिन बोर्डले आग्रह गरेको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ ।

बोर्डबाट लगानी व्यवस्थापन कार्य गर्न अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरुले लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएको भन्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ । बोर्डका अनुसार लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा संस्थाले अनुमतिपत्र लिएका छन् ।

१ श्री एनएमबि क्यापिटल लि.
२ श्री सनराईज क्यापिटल लि.
३ श्री ग्लोबल आईएमई क्यापिटल लि.
४ श्री भिवोर क्यापिटल लि.
५ श्री सिभिल क्यापिटल मार्केट लि.
६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७ श्री प्रभु क्यापिटल लि.
८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.
९ श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१० श्री एनआईबिएल एस क्यापिटल लि.
११ श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
१२ श्री समृद्धि क्यापिटल लिमिटेड
१३ श्री नेशनल मर्चेन्ट बैंकर लि.
१४ श्री सिद्धार्थ क्यापिटल लि.
१५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.
१६ श्री सिविआईएल क्यापिटल लि.
१७ श्री सानिमा क्यापिटल लि.
१८ श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
१९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२० श्री एनआईसी एशिया क्यापिटल लि.
२१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२ श्री आकाश क्यापिटल लि.
२३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५ श्री कुमारी क्यापिटल लि.
२६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७ श्री जनता क्यापिटल लि.
२८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९ श्री मेगा क्यापिटल मार्केट्स लि.


क्लिकमान्डु