सुस्त रुपमा बढ्दै सेयर बजार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारको सुरु देखि नै सेयर बजारमा उचार चढाव देखिदै आएको थियो । अन्तिम समय बजारमा सामान्य सुधार हुँदा नेप्से मापन गर्ने सूचक ५.७५ अंकले बढेर १२६०.१० बिन्दुमा रोकिएको छ ।

१७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता सेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत ८.५६, उत्पादन तथा प्रशोधन ७.७४, अन्य ८.६९, माइक्रोफाइनान्स १७.३८ अंकले बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा देखिएको छ । शिवमको ५ करोड १८ लाख ३३ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः चिलिमे हाईड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक लगानीकर्ता रहेका छन् ।

सोमबारको कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, गणपति माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावरका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा मल्टिप्रपोज फाइनान्स, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, सिटि एक्सप्रेस फाइनान्स, पन्चकन्या माइ पावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु