चिलिमेको सेयर किन्न लगानीकर्ता एक्कासी आए,१३२९५ कित्ता खरिद गर्न अर्डर



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीमा सेयर खरिद गर्न लगानीकर्ताको आकर्षण बढेको छ ।

सोमबारको सेयर कारोबारको मार्केट डेप्थ हेर्दा अहिलेसम्म चिलिमेको सेयर खरिदका लागि १३२९५ कित्ता सेयर खरिदका लागि अर्डरमा छ ।

खरिदकर्ता अत्याधिक बढी भएपनि बिक्रीकर्ता भने देखिएका छैनन् । अहिलेसम्म १९१० कित्ता मात्र बिक्रीका लागि अर्डरमा रहेको छ ।

अहिलेसम्मको कारोबार हेर्दा चिलिमेको सेयर ५१८ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु