हिमालयन बैंकले कर्मचारी माग्यो, कति चाहिन्छ योग्यता ?



काठमाडौं । बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ भनेतपाईका लागि सुवर्ण अवसर छ । निजी क्षेत्रको एक स्थापित बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

हिमालयन बैंकले विभिन्न पदमा ४ कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी सिनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको छ । यस्तै बैंकले सिनियर एसिस्टेन्ट पदमा १ जना कर्मचारी माग गरेको छ ।

बैंकको आइटी विभागमा काम गर्ने गरी आइटी सेक्युरिटीको काम गर्ने गरी सिनियर एसिस्टेन्ट पदमा आवेदन माग गरिएको हो । यस्तै सिनियर एसिस्टेन्ट पदमा आवेदन माग गरिएका कर्मचारीले पनि आइटी इन्जिनियरको रुपमा काम गर्नुपर्नेछ । आगामी ७ दिन भित्र इच्छुक उम्मेदवारले आवेदन पेश गर्न सक्नेछन् ।

यस्तै एनआइबिएल एस क्यापिटलले पनि विभिन्न पदमा १३ कर्मचारी माग गरेको छ । क्यापिटलले आज एक सूचना मार्फत ती कर्मचारी माग गरेको जनाएको हो ।

अफिसरदेखि एसिस्टेन्ट म्यानेजरमा २, एसिस्टेन्टमा २, रिसर्च डिपार्टमेन्टमा २, टे«जरी एण्ड रिस्कमा २, आइटीमा १ र म्यानेजमेन्ट टे«नीमा ४ कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।


पुष्प दुलाल