जनता बैंकले दियो कैलाली हावाहुरी पिडितको लागि आर्थिक सहयोग



काठमाडौं । गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फ बाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरे ।


क्लिकमान्डु