सेयर बजारकाे सुस्त चाल, यी कम्पनीका लगानीकर्ता बने मालामाल



काठमाडौं । सेयर बजारमा अझै पनि सुधार आउन सकेको छैन । बुधबार सेयर बजार ०.२० अंकले घटेर १२५८.४६ बिन्दुमा रोकिएको छ । सेयर बजारमा गिरावट आएपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२३ अंकले बढेर २७०.५२ बिन्दुमा रोकिएको छ ।

१६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता सेयर ३० करोड ४१ लाख ८९ हजार ६४५ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा डेभलपमेन्ट बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा समूहको उपसूचकमा सुधार देखिएको छ ।

बुधबार एनआईसी एसिया बैंकको कारोबार रकम सबै भन्दा बढी रहेको छ । बैंकको २ करोड १७ लाख ५४ हजार रुपैयाँ बढीको रहेको छ । यस्तै दोस्रो र तेस्रो हुनेमा क्रमशः प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

बुधबारको कारोबारमा मल्टिप्रपोज फाइनान्स, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका पावर कम्पनी, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा घलेम्दी हाईड्रो, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु