सनराइज बैंकमा लफडा, नियुक्त भएका सिइओ श्रेष्ठले कार्यभार सम्हाल्न सकेनन्



काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तीलाई लिएर लफडा परेको छ ।

बैंकको संचालक समितिको बैठकले असार २ देखि लागु हुने गरेर निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको थियो ।

तर,संचालक समितिमा सर्वसम्मत तरिकाबाट सिइओ नियुक्त नगरिएको भन्दै संचालक समितिमा विवाद रहेको छ ।

सनराइज बैंकले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै विशेष कारणवश श्रेष्ठ सिइओको रुपमा काम गर्ने दिन केही समय पछाडि सरेको जानकारी दिएको छ ।

श्रेष्ठलाई संचालक समितिको सर्वसम्मत रुपमा सिइओ नियुक्त गरेको सनराइज बैंकले पठाएको पत्रमा उल्लेख छ ।

बैंकका संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एक्लौटी गरेको भन्दै संचालक सदस्य सैलेन्द्र गुरागाँई विरोधमा छन् ।

जसको कारण सोमबारदेखि पदभार ग्रहण गर्नुपर्ने श्रेष्ठले सिइओको जिम्मेवारी समाल्न सकेनन् ।

सनराइज बैंकको संचालक समितिमा विगतमा पनि लफडा हुँदै आएको थियो ।


क्लिकमान्डु