सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि निराशा जनक



काठमाडौं । सेयर बजारमा साताको पहिलो दिन आइतबार बाट नै ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से मापन गर्ने सूचक दोहोरो अंकको गिरावट देखिएको छ ।

नेप्से मापन गर्ने सूचक ११.३६ अंकले घटेर १२५८.२७ बिन्दुमा रोकिएको छ । आइतबार ठूला कम्पनिको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८७ अंकले घटेको छ ।

१७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता सेयर ४७ करोड २५ लाख २० हजार ८११ रुपैयाँमा किनबेच भएको छ । ११ उपसमूहको कारोबारमा सबैमा गिरावट देखिएको छ ।

बैंकिङ ७.१३, होटल २७.५७, निर्जीबन बीमा १११.०३, जीवन बीमा समूहको उपसूचक ३५.४५ अंकले घटेको छ । कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको २ करोड ९५ लाख ८० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र सिद्धार्थ बैंक रहेका छन् ।

आइतबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था , गणपति माइक्रोफाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु