माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रले पायो यस्तो रेटिङ



काठमाडौं । माछापुच्छ्रे बैंकले निकट भविस्यमा नै बिक्री गर्न लागेको ३ अर्ब बराबरको ऋणपत्रको रेटिङ गराएको छ । इक्रा नेपालले गरेको उक्त ऋणपत्रले इक्रा आइ आर ए प्राप्त गरेको छ । त्यो भनेको वित्तीय रुपमा कम जोखिछ भन्ने हो ।

सो बैंकको हालसम्म १०० वटा शाखा सञ्चालनमा छन् । सन् २००० देखि सञ्चालनमा रहेको बैंकमा महत्तो समूह विशेष गरी विरेन्द्रप्रसाद महत्तोको प्रमुख लगानी रहेको छ । उनको २८ प्रतिशत, केसी समूहका सूर्यबहादुर केसीको २० प्रतिशत रहेको छ ।

नेपाल धितोपत्र बोडएमा ऋणपत्र बिक्रकिा लागि ६ वटा बैंकले आवेदन दिएका छन् । उनीहरुले कुल ११ अर्ब ४० करोड बराबरको ऋणपत्र बिक्री गर्न लागेका छन् ।


क्लिकमान्डु