अनलाईन कारोबार प्रणालीमा ९ हजार लगानीकर्ता सहभागी, कुन ब्रोकरबाट कति (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) को स्वचालित अनलाईन कारोबार प्रणालीमा जेठ ३० गतेसम्म ८ हजार ९४४ जना सेयर लगानीकर्ता आबद्व भएका छन् ।

नेप्सेले सार्वजनिक गरेको तथ्याङक अनुसार उक्त अवधिमा भन्दा बढी ब्रोकर नम्बर ५७ बाट बाट ९५४ जनाले अनलाईन कारोबार प्रणालीको युजर आईडी लिएका छन् ।

यस्तै ४९ नम्बर ब्रोकरबाट ७४३, ३४ नम्बर ब्रोकरबाट ७२८ जनाले अनलाईन कारोबार प्रणालीको युजर आईडी लिएका छन् भने सबै भन्दा कम ४० नम्बर ब्रोकरबाट ६ जनाले मात्रै अनलाईनको युजर आईडी लिएका छन् । यस्तै २५ वटा ब्रोकरबाट भने १ सय भन्दा कम लगानीकर्ताले मात्रै यूजर आईडी लिएका छन् ।

नेप्सेले गत कात्तिक २० गतेदेखि स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा ल्याइएको थियो । उक्त अनलाइन प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन । अनलाइन कारोबार प्रणाली सुरु भएपछि लगानीकर्ताले सेयर खरिद बिक्रीका लगि ब्रोकर कार्यालयसम्म धाउनु पर्ने बाध्यता टरेको छ ।

अहिले अनलाइन प्रणालीमा उपत्यका भित्र भन्दा पनि उपत्यका बाहिरका लगानीकर्ताहरुको सहभागी बढी रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले बताए ।


क्लिकमान्डु