१० वर्षमा बैंकमा जागिर खाने दोब्बरले बढे, निजी क्षेत्रले छलाङ मार्दा, सरकारीमा घट्यो



काठमाडौं । १० वर्षको अवधीमा वाणिज्य बैंकमा जागि खानेको संख्या दोब्बरले बढेको छ ।

तलब सुविधाको दृष्टिकोणले आकर्षक मानिने बैंकहरुले शाखा बढाउदै लगेपछि जागिर खानेको संख्यामा समेत बृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ सम्ममा १६१४८ जनाले वाणिज्य बैंकमा जागिर खाएका थिए । जसमा निजी बैंकमा जागिर खानेको संख्या ७४९२ थियो भने सरकारी बैंकमा जागिर खानेको संख्या ८६५६ रहेको थियो ।

१० वर्षपछि बैैंकमा जागिर खानेको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकमा जागिर खानेको संख्या ३३ हजार ४ सय २९ जनाले वाणिज्य बैंकमा जागिर खाएका छन् ।

जसमा निजी बैंकमा जागिर खानेको संख्याको २६ हजार ७ सय २३ पुगेको छ भने सरकारी बैंकमा जागिर खानेको संख्या ६ हजार ७ सय ६ पुगेको छ ।

१० वर्षको अवधीमा हरेक वर्ष सरकारी बैंकमा जागिर खानेको संख्या घटेको छ । ३ वटा सरकारी बैंकमा कर्मचारीको संख्या कुनैबेला अत्याधिक बढी थियो । पछिल्लो समय भने सरकारी बैंकमा जागिर खानेको संख्याको घटेको छ ।


पुष्प दुलाल