माछापुच्छ्रे बैंकले खोल्यो ४ वटा नयाँ शाखा र १२ वटा शाखारहित बैंकिङ सेवा



काठमाडौं । माछापुच्छ्रे  बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामाथप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ ।

बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा  बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिका स्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो । सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे ।

त्यसैगरि झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उद्घाटन गरे ।

यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११०वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर १२९ वटा एटीएमहरु संचालनमा रहेको छ ।


क्लिकमान्डु