बजेटमा दोलखालाई केन्द्र सरकारको उपेक्षा, एउटा मात्रै विकास आयोजनामा बजेट



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले दोलखा जिल्लालाई उपेक्षा गरेको देखिएको छ । ३ नम्बर प्रदेशमा रहेको उक्त जिल्लाको लागि संघबाट हुने कार्यक्रम अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको नाममा जिल्लाको नयाँपुल–पवटी–डाडाखर्क सडक सुधारको लागि मात्रै बजेट परेको छ ।

उक्त ग्रामिण सडक १२.०८३ किलोमिटर मात्रै छ । संघबाट अन्य कुनै पनि क्षेत्रमा बजेट बिनियोजन भएको छैन ।

यस्तै प्रदेशबाट सञ्चालन गरिने कार्यक्रम तथा आयोजना मध्ये दोलखा जिल्लाको लागि ४ वटा योजना रहेका छन् । जसमा स्थानीयस्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना कार्यक्रम अन्तर्गत अन्धेरी खोला पुल, पवटी-दोरम्बा सडक (दोलखा) सडक पुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

यस्तै स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना कार्यक्रम अन्तर्गत सोरुङ खोला पुल, सिङ्टी–साङबा सडक (सडक पुल) यस्तै यार्सा खोला मुल गौडा पुल मैनापोखरी बगर मिर्गे मजुवा सडक, चर्नावती खोला पुल निर्माणमा बजेट बिनियोजन भएको छ ।

आगामी आबको बजेटमा स्थानीय तहहरुमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ग्रामिण पुननिर्माण तथा पुनस्र्थापना आयोजना अन्तर्गत ८ वटा झोलुङेपुल निर्माणको लागि बजेट बिनियोजन भएको छ ।

जिरी नगरपालिकाको सिउरानी दोभान–४, यारशा फेदी, पाटिटार आहाले-१मा झोलुङेपुलको लागि बजेट बिनियोजन भएको छ ।

यस्तै भिमेश्वर नगरपालिकामा रहेको बोखरा (आसीपोतागं)मा, कालिन्चोक गाउँपालिका मने खोला, डोर्पा-टार, दारेपटार-चोक्ते, सिल्ढ्ङ्गा खोला-भुमे घाट ट्रसमा झोलुङेपुलका लागि बजेट बिनियोजन भएको छ ।

यस्तै गौरीशंकर गाँउपालिकामा रहेको दोपाटारमा, तामाकोशी गाउँपालीकामा भोटेखोरिया, मालुखोला, आहालेमा झोलुङेपुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

जिल्लामा रहेको वैतेश्वर गाउँपालिकामा रहेको खानी खोला थुम्की पहिरेभिर, गोपी खोला काँडे खोला दोभान, दोलखेघाट, बुस्ती मर्मत झोलुङेपुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

विगु गाउँपालिकामा पर्ने लिते पानी, ओरागं खोला पधेली झोलुङेपुल निर्माण र शैलुङ गाउँपालीकामा पर्ने महाविर घट्टे खोला, सशिम पटाले ट्रस, पसल खोला दोभान, भुरुङ्गा, झोर खोला दोभानमा झोलुङेपुल निर्माणको लागि बजेट बिनियोजन भएको छ ।

उक्त बजेट आगामी आवमा संघ प्रदेश एंव स्थानीय तहबाट संचालन हुने वार्षिक विकास कार्यक्रमको लागि सशर्त अनुदान हो ।

दोलखा जिल्लामा ग्रामीण पहुँच कार्यक्रम, स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुुधार परियोजना अन्तर्गन दोलखामा कुनै पनि कार्यक्रम परेको छैन ।


क्लिकमान्डु