भायनेटको नयाँ शाखा ईटहरीमा खुल्यो




काठमाडौं । भायनेट कम्युनिकेशनले आफ्नो सेवा विस्तारका क्रममा ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भायनेटको यो १४औं शाखा भएको कम्पनीले जनाएको छ ।

भायनेटले सन २०११ मा नेपालमा पहिलोपटक फाइबर अप्टिक्स सोवा सुचारु गरेको थियो । सन २०१६ मा भायनेटले आफ्नो ग्राहकलाई टि.भी सेवा प्रदान गर्नका निम्ती ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको नेट टि.भीसँग साझेदारी गरेको थियो ।

भायनेटले ग्राहकको सहजताका लागि सेल्फ–सर्भिस क्याइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु