मुक्तिनाथ विकास बैंकले ६१ करोड रुपैयाँको हकप्रद जारी गर्ने, चुक्ता पुँजी ३ अर्ब ६७ करोड हुने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले  हकप्रद सेयर जारी गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको  हकप्रद सेयर जारी गर्नको लागि रेटिङ गराएको छ ।

क्रेडिट रेटिङ ऐजेन्सी इक्रा नेपालले मुक्तिनाथ विकास बैंकको हकप्रदलाई ग्रेड ३ दिएको छ ।  बैंकको अहिले चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ छ ।

२० प्रतिशत हकप्रद सेयरपछि  मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्ने छ । जुन विकास बैंकहरुमा सर्वाधिक हो । मुक्तिनाथ विकास बैंक अहिले राष्ट्रिय स्तरका विकास बैंकमा सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमा पर्छ ।


क्लिकमान्डु