राष्ट्र बैंकमा ५ जना निर्देशकले पाए कामू कार्यकारी निर्देशकको भूमिका,शक्तिशाली नियमनको जिम्मा मिश्रलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ जना निर्देशकलाई कामू कार्यकारी निर्देशकको जिम्मा दिएको छ ।

राष्ट्र बैंकको व्यवस्थापनले मंगलबारदेखि लागु हुने गरेर ५ जना निर्देशकलाई कामू कार्यकारी निर्देशकको जिम्मा दिएको हो ।
राष्ट्र बैंकमा कार्यरत ५ जना कार्यकारी निर्देशकले ३० वर्षे सेवाको कारण अवकास पाएसँगै ५ जना निर्देशकलाई कामूको जिम्मेवारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार नरेश शाक्यले बैकिङ कार्यालय,सुमन कुमार अधिकारी राष्ट्र ऋण व्यवस्थापन,प्रकाश कुमार श्रेष्ठले लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभाग, बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्था नियमन विभाग र सरिता भट्टले विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने गरेर कायममुकाय कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् ।


क्लिकमान्डु