इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्टारमा सनराइज क्यापिटल



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
गैंडाकोट नगरपालिका–२ कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको संस्थाले सनराइज क्यापिटललाई  सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु