प्रकाशमान सिंहले भने- बजेट कमजोर मनिस्थितीबाट आयो
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यो आर्थिक वर्ष २०७६/७७ को बजेट कमजोर मनस्थितीबाट आएको आरोप लगाएका छन् । प्रनितिनिधि सभाको बैठकमा सिंहले अहिले देशमा संघीयता आएपनि सरकारको मनस्थिती केन्द्रीकृत एकात्मक मनस्थिती मै सीमित भएको तर्क छ ।
आगामी आवमा प्रान्तीय र स्थानीय सरकारलाई दिएको बजेट कम भयो । उनले भने ‘चालु आवमा ३२ प्रतिशतको हाराहारीमा रहेपनि अहिले ३० प्रतिशतमा झारेको छ ।’
अहिलेको सरकार छेपारोले घ्याम्पो हेरेर बस्ने जस्तो चरित्र देखिएको धारणा राखे । उनले भने ‘सरकार यति बलियो भएपनि बजेटमा स्थानीय सरकारलाई स्थान नदिएको देखियो ।’
जनताले महसुस हुने गरी काम सरकारले गर्न नसकेको उनको तर्क छ । कैयन व्यवस्था परिवर्तन भएपनि मेलम्ची समयमा नै आउन नसकेको बताए ।
बजेटमा नै पहिलो चरणको काम नसकेपनि दोस्रो चरणको काम हुन्छ भन्नुमा जनतालाई झुलाउने काम गरेको सिंहको भनाइ छ । उनले भने ‘यो सरकारले जनताको हितमा हुने खासै ठोस योजना नै ल्याउन सकेको छैन् ।’