बालकृष्ण खाँडले भने- बजेटले स्थानीय सरकारलाई अधिकार दिएन
काठमाडौं । सांसद बालकृष्ण खाँडले संघीय बजेटमा मसिना र साना योजना समेटेर स्थानीय सरकारलाई अधिकार नदिएको बताएका छन् । संघीय संसदमा सदस्यहरुले कानून बनाउने लगायतका काम गर्नुपर्ने बताए ।
उनले गाँउपालिकाका अध्यक्ष सदस्यको भूमिका के हो त्यो बुझ्दै उनीहरुले गर्ने कामको विषयमा किन विश्वास गर्न नसकेको भन्दै सरकारलाई यसमा ध्यान दिन आग्रह गरेका छन् ।
नेपालको ५२ वटा जिल्लामा औषत उमेरको सीमा नै ६५ वर्ष रहेको भन्दै सामाजिक सुरक्षामा सहभागी हुने जेष्ठ नागरिकलाई ६५ वर्ष कायम गर्न आग्रह गरेका छन् । पूर्व सरकारले ६५ वर्ष नै गरेपनि यो सरकारले किन ७० वर्षमा लगेको भनेर जवाफ मागेका छन् ।
सरकारले अझै कर्मचारीको तलब बढाउन माग गरेका छन् । उनले भने अहिले सामान्य कार्यालय सहयोगीको तलब नै १६ हजारभन्दा बढी छ, तलब बढ्दा ३ हजारभन्दा बढी हुन्छ, तर प्रधानमन्त्रीको तलब बढ्दा १३ हजारभन्दा बढी हुन्छ, प्रधानमन्त्रीको बढेको तलब त कार्यालय सहयोगीको जति नै पो हुने रहेछ ।’ यो बजेट कुनै पनि हालतमा समाजवाद, साम्यवाद उन्मूख हुन नसकेको उनको तर्क छ ।
सांसद खाँडले आगामी आवको बजेट ऋणत्मक रहेको धारणा राखे ।
उनले भने ‘यो बजेट बजेट कागजको घोडा जस्तै छ, कागजको घोडा दौडाएर कहीँ पुग्दैन । अली ठूलो बनाएको भए देशमा रेल र पानी जहाज आउने थियो होला । जनताको देशभित्रै पानी जहाज चढने सपना पूरा हुने थियो होला त्यो हुन सकेन ।’