कुलमानमाथि अख्तियारले छानबिन गर्नुपर्छ: महेश बस्नेत



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद् महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि अख्तियारले छानबिन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद् बस्नेतले कुलमानजीले गरेको राम्रा कामहरु भएपनि सांसद् अमनलाल मोदीले लेखा समितिमा उठाएको विषय गम्भिर भएको भन्दै सम्बन्धित निकाय अख्तियारले छानबिन गर्नुपर्ने बताए ।

‘सार्वजनिक लेखा समितिको बैठकमा माननिय अमनलाल मोदीले ९ अर्ब बक्यौता नउठेको कुरा उठाउनुभयो,भारतबाट ल्याइएको २२५ मेगावाट विजुली प्रयोग नगरेपनि पैसा तिरेको कुरा उठाउनु भएको थियो,’ सांसद् बस्नेतले भने ।

यो कुरा उठाएपछि अमनलाल मोदी विरुद्द मिडिया र सोसल मिडियामा गाली गरिएपनि मोदीले उठाएको विषयमा अख्तियारले छानबिन गर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म प्रचार गर्ने क्रिस्यियन विश्वविद्यालयले प्रदान गरेको पिचएडी उपाधी लिएकोमा समेत सांसद् बस्नेतले बचाउ गरेका छन् । उनले नेपाल धर्मनिरपेक्ष देश भएको भन्दै क्रिस्यियन हरुको विरुद्दमा लाग्नुपर्ने आवश्यक नभएको बताए ।


क्लिकमान्डु