के-केमा खर्च भयो विदेशीले दिएको १ खर्ब ८९ अर्ब प्राविधिक सहायता ?



काठमाडौं । विदेशी दातृ निकायले सरकारका कूल १८ निकायमा मात्रै चालु आर्थिक वर्षमा १ खर्ब ८९ अर्ब ४० करोड २१ लाख १५ हजार बराबरको रकम परिचालन गरेका छन् ।

यस्तै आगामी आवमा सोही लगानीको ४४ अर्ब ६४ करोड १५ लाख ३७ हजार बराबरको रकम परिचालन हुने भएको छ । चालु आवमा लगानी बोर्डमा मात्रै ३ करोड ११ लाख ४० हजार बराबरको सहायता उपलब्ध भएको देखिएको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार आगामी आगामी आवमा लगानी बोर्डकै कार्यालयमा ६२ लाख २८ हजार बराबरको रकम नियमित रुपमा नै सहयोग उपलब्ध हुनेछ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रालय मातहतका आयोजनामा चालु आवमा मात्रै कूल ७ परियोजनाका लागि २ करोड २९ लाख ६१ हजार सहयोग परिचालन भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २२ करोड ९१ लाख १५ हजार, गृह मन्त्रालयमा ५ करोड ७१ लाख ५० हजार, संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालय ६ करोड ५६ लाख ९२ हजार सहयोग उपलब्ध भएको छ ।

ती सहायता रकम प्राविधिक सहायताको नाममा उपलब्ध भएको देखिन्छ ।

अर्थ मन्त्रालयले यही जेठ १५ गते सार्वजनिक गरेको विवरणमा प्राविधिक तथा अन्य सहायतामा कुन मन्त्रालय र कुन सरकारी निकायले के कति परियोजनाका लागि के कति मात्रामा सहयाता लिए भन्ने स्पष्ट देखिन्छ ।

त्यसमा चालु आव र आगामी आवमा ती निकायमा के कति मात्रामा खर्च उपलब्ध हुने भन्ने विवरण समेत रहेको छ ।


क्लिकमान्डु