ठेकेदार कम्पनीमाथि सरकारको कडाइ, भ्याट क्रेता र बिक्रेता दुवैले तिनुपर्ने



काठमाडौं । मूल्य अभिबृद्धि कर(भ्याट)मा क्रेता र बिक्रेता दुवैले ५० प्रतिशत तिनुपर्ने व्यवस्था निर्माण व्यवसायी ठेकेदारलाई मात्र लागु हुने भएको छ ।

अहिलेसम्म सामान बिक्रीगर्दा क्रेताले सतप्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । मूल्य अभिबृद्ध करका नियमावलीमा परिवर्तन अनुसार अब क्रेता र बिक्रेताले ५०/५० प्रतिशत रकम भ्याट तिर्नुपर्छ ।

उदाहरणको लागि कुनै ‘क’ नाम गरेको कम्पनीले १० हजार रुपैयाँको सामान ‘ख’ भन्ने कम्पनीलाई बिक्री गर्यो । त्यसमा १३ सय रुपैयाँ भ्याट लाग्ने गरेको थियो ।

अहिलेको व्यवस्था अनुसार ‘क’ भन्ने कम्पनीले ‘ख’ भन्ने कम्पनीसँग भ्याटको रकम जोडेर बिल बनाउने गरेको थियो । अर्थात भ्याट रकम पूर्ण रुपमा ‘ख’ भन्ने कम्पनीले तिरेको हुन्थ्यो । सो रकम ‘क’ भन्ने कम्पनीले कर कार्यालयमा रहेर बुझाउने काम गर्थो ।

नयाँ व्यवस्था अनुसार भ्याट रकम १३ सय रुपैयाँमा बिक्रेता ‘क’ले साढे ६ सय रुपैयाँ तिर्नुपर्छ भने पनि तिर्नुपर्छ भने साढे ६ सय रुपैयाँ ‘ख’ भन्ने कम्पनीले तिर्नुपर्छ ।

खास गरेर निर्माण व्यवसायीलाई मात्र लक्षित गरेर ल्याइएको व्यवस्था सबै कम्पनी र फर्मलाई लागु हुने गरेर मूल्य अभिबृद्धि करको नियमावली संसोधनमा परेको थियो ।

नियमावलीमा उल्लेख भएको व्यवस्थाले सबै करदातालाई सो व्यवस्था लागु हुने खालको देखिएको थियो ।

ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि पनि कर नतिरेको कारण भ्याटमा सो व्यवस्था लागु गर्न खोजिएको करका अधिकारीहरु बताउँछन् ।

आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञराज ढुंगेलले वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई मात्र यो व्यवस्था लागु हुने बताए ।

‘ यो व्यवस्था अरु करदाताको लागि लागु गर्न खोजिएको होइन, वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई मात्र लागु गर्न खोजिएको हो,’ ढुंगेलले भने- ‘यसमा हामीले भोलि नै स्पष्ट पार्ने गरेर सूचना जारी गर्ने छौ ।’

विभागले नियमावली परिवर्तन गर्दा सबै खाले करदाताले यस्तो व्यवस्था लागु गर्नुपर्ने खालको देखिएको थियो ।


क्लिकमान्डु