बजेटले ल्याएन सेयर बजारमा उछाल, नेप्से सूचक दोहोरो अंकले घट्यो
काठमाडौं । बजेटले पुँजीगत लाभकरलाई ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेलगत्तै पुँजी बजारमा उछाल आउँछ भन्दै निकै चर्चा गरिएको थियो । तर साताको पहिलो दिन आइतबारको कारोबारले त्यसको उल्टो गतिमा चलेको छ ।
बजेटले पुँजी बजारको विकासमा धेरै काम गरेको र लगानीकर्ता उत्साहित भएको लगानीकर्ताहरुले बताएका थिए । तर आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से मापन गर्ने सूचक १३.७९ अंकले घटेर १३०५.६८ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले घटेर २७८.१२ बिन्दुमा रोकिएको छ ।
आइतबार १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता सेयर ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा होटल १२.६१, उत्पादन तथा प्रशोधन १०.११ अंकले बढेको छ भने बैंकिङ १३.७७, जलविद्युत २२.२८, निर्जीबन बीमा कम्पनी ४२.८३, माइक्रोफाइनान्स १८.०८, जीवन बीमा कम्पनीको उपसूचक ५९.३७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । प्रिमीयरको १३ करोड २ लाख ५९ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र नेपाल बैंक रहेका छन् ।
आइतबार कन्काई विकास बैंक, माउन्टेन हाईड्रो नेपाल, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा पाँचथर पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, स्वेदशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।