सेयर कारोबार गर्दा अनलाइनबाट यसरी गर्नुहोस् भुक्तानी
काठमाडौं । सेयर लगानीकर्ताहरुले दोस्रो बजारमा सेयर किनेपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था सुरु भइसकेको छ ।
नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले उक्त रकम अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् ।
कनेक्ट आइपीएसमा आबद्व भएका विभिन्न ४८ वटा बैंक तथा वित्तीय संस्थामा भुक्तानी गर्न सकिने छ ।
अनलाइबाटै भुक्तानी गर्न मिल्ने भएपनि लगानीकर्ताहरु त्यसमा अभ्यस्त हुन नसकेको भन्दै नेप्से त्यसका लागि आवश्यक जानकारिहरु सार्वजनिक गरेको छ । जुन यसप्रकार रहेको छ ।