देशले नचिनेका अर्थमन्त्रीले हाम्रो एजेण्डालाई चिन्नुभयो, अनि लाभकर ५%मा झर्योः राधा पोखरेल



वि.सं. २०६५ सालतिरको कुरा हो, मलाई एउटा सहकारीमा प्रबन्धक पदका लागि प्रस्ताव आयो । मैले उक्त प्रस्ताव स्विकारेँ । तलब पनि आकर्षक नै थियो । सामान्यतया विद्यार्थी जिवनमा खासै पैसा नहुने । तर मैले जागिर खाएकाले पैसासँग खेल्न थालिसकेकी थिए ।

ठ्याक्कै मिति त सम्झिन्नँ, त्यसैताका कमर्सियल बैंकहरुले सर्वसाधारणलाई जारी गरेको साधारण सेयर (आइपिओ) निष्काशनबारेको सूचना पत्रिकामा पढेँ । त्यसैबेला मेरो भिनाजु र मामाहरु सेयरका बारेमा खुबै चर्चा गरिरहनुहुन्थ्यो । र, मैले पनि विस्तारै चासो बढाउन थालें ।

लगत्तै सम्बन्धित बैंकमा गएर सेयर भरें । त्यो समयमा आईपीओ भर्नेको खासै चाप नभएर होला, मलाई दुबै बैंकमा ३००÷३०० कित्ता सेयर पर्यो । त्यसबेलासम्म मसँग सेयर सम्बन्धी खासै ज्ञान थिएन । यद्यपि जुन कम्पनीको साधारण सेयर खुल्थ्यो, मैले भरेकै हुन्थें । यसरी म सेयर बजारमा प्रवेश गरेँ ।

समयसँगै मेरो सेयर बजार दुइगुना चारगुना, दशगुना हुँदै बढ्दै गयो ।

आफूले लगानी गरेको रकम भन्दा ३०/४० गुणासम्म नाफा पनि नभएको भने होइन । दुईवर्ष पहिला एउटा कम्पनीको आईपीओमा पैसा हालेकी थिएँ । मेरो नाममा १० कित्ता र बुबाको नाममा १० कित्ता परेको थियो । २० कित्ताका लागि २००० हजार परेको थियो । १ वर्ष त्यो सेयर राखेँ । मूल्य आकासियो मैले ६० हजार रुपैयाँमा बेचें ।

यसरी काम गर्न थालेपछि पुँजी बजारप्रति मेरो लगाव बढ्दै गयो । त्यसपछि म दोस्रो बजारमा हामफालें ।

राजधानी बाहिर सेयर कारोबारको लागि ब्रोकर कार्यालय पुर्याउन र यसै रफतारलाई अघि बढाउदैं मैले पूँजीगत लाभकर ५ प्रतिशत कायम गराउन कति हण्डर खाँए होला ? त्यसको लेखा-जोखा नै छैन । अरु बजारमा नाफा र घाटा हिसावमा अल्झिएको बेला म भने कहिले अर्थ मन्त्रालयमा त कहिले अर्थमन्त्री निवासमा हानिन्थेँ ।

सुरुमा मैले केही दिन ब्रोकर कार्यालय गएर त्यो स्क्रिनमा आएको हरियो, रातो र सेतो मात्रै हेरें । सोधौं, कसलाई सोध्ने ? नसोधौं, के हो के हो ? मेसो नपाइने । अनि विस्तारै हरियो भनेको बढेको, रातो भनेको घटेको र सेतो भनेको अघिल्लो दिन कारोबार भएको भनेर बुझ्न थालें । त्यसपछि बिस्तारै सेयर मार्केटमा रस बस्न थाल्यो ।

आफ्नो कार्यालयको काम १२ बजेसम्म सक्यो, सहयोगीलाई अफिस जिम्मा लगायो अनि हिँड्यो ब्रोकर अफिसतिर । काम गर्दै गएँ । पैसा पनि बिस्तारै बन्दै गयो । म यो मार्केटको व्यवहारबाट कहिल्यै हार खाइनँ ।

यो त भयो सेयर मार्केटमा मेरो प्रवेश र भोगाइ । अब म यसभन्दा अगाडि बढ्न चाहन्छु ।

पुँजी बजारको आन्दोलन र अध्यक्षको जिम्मेवारी

यसैबीच गत साउन २ गते पुनर्गठन भएको नेपाल पुँजी बजार लगानीकर्ता संघले मलाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्यो । मैले खासै लामो समय पुँजी बजारमा काम नगरेको भए पनि लगानीकर्ताको भावना बमोजिम मैले यो जिम्मेवारीलाई सहर्श स्विकारें ।

गत जेठ १८ गते आन्तरिक राजस्व विभागले एउटा हाँस्यास्पद र विवादास्पद निर्णय गरेर छापामार शैलीमा सबै ब्रोकर कार्यालयमा परिपत्र जारी गर्यो । पत्रको व्यहोरा राईट र बोनस सेयरको फेस भ्यालु एक सय रुपैयाँ कायम गरी सो भन्दा माथि बिक्री गरेमा ५ प्रतिशत लाभकर बिक्रीकर्ताबाट असुलउपर गर्नू भन्ने आशयबाट प्रेरित थियो ।

यस्तो परिपत्र आउनु लगानीकर्ताहरुलाई सरासर गला रेटेजस्तै थियो । किनकी बोनस वा हकप्रद सेयर जारी गर्दा बुक क्लोजको दिन नेप्सेले मूल्य समायोजन गरिसकेको हुन्छ । यस्तो परिस्थितिमा हामीले त्यो परिपत्र अनुसार तिर्नु भनेको घाटामा कर तिर्नु हो ।

सरकारले यो निर्यण नसच्याउने हो भने हामी तमाम लगानीकर्ताहरुको पाटीको बास हुने निश्चित थियो । हामीले विरोध नगरी धरै थिएन । हामी विरोधमा उत्रियौं ।

अर्थमन्त्री खतिवडाले मलाई निवासमा झण्डै एकघण्टा भेट्न समय दिनुभयो । दुनियाँले सोचेभन्दा फरक पाएँ उहासँगको लामो बसाइमा । मैले ज्यादै जिद्धि गरें कि हजुरसँग आजै अर्थमन्त्रालयमा हाम्रो टिम समेतले भेट्नुर्पयो, हजुरलाई एउटा ज्ञापनपत्र बुझाउँनु छ । मैले अनुरोध गरेपछि उहाँले २ बजे आउनुस् भनेर समय दिनुभयो ।

हामीले विरोध बडो भद्र किसिमले गर्यौं । पुँजीबजारको इतिहासमा लगानीकर्ताका तर्फबाट आजसम्म नभएको खरिद–बिक्री नै नगर्ने किसिमले विरोध जनायौं । नभन्दै जेठ २२ गते एकै कित्ता सेयर पनि खरिद-बिक्री भएन ।

आश्चार्य त यस्तो भयो कि १५ लाखभन्दा बढी लगानीकर्ता रहेको पुँजीबजारमा एक मतले देशैभरिबाट न सेयर खरिद भयो, न त बिक्री नै । हामी १५ लाखभन्दा बढी लगानीकर्तामा कुनै मतान्तर भएन ।

जब हामी विरोधमा उत्रँदै थियौं, म त्यसबेला नेपाल पुँजी बजार लगानीकर्ता संघकी उपाध्यक्ष थिएँ । नेपालमा पुँजी बजारको हकहितका लागि खुलेका अन्य २ संगठनसँगको सहकार्यमा विरोध जनाइरहेका थियौं ।

यसै सिलसिलामा जेष्ठ २३ गते अर्थमन्त्रालयबाट हामीलाई वार्तामा बोलाइयो । अर्थ सचिवले लौ अब कारोवार गर्नुस् एउटा आयोग बनाएर १५ दिनभित्र यो विवादित विषय टुंग्याउँला भन्नुभयो । त्यसपछि हामी ३ वटै संगठनका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरेर कारोवार सुचारु गर्यौं ।

समय व्यतित हुँदै जाँदा मन्त्रालयबाट बनाएको समितिको म्याद पनि सकियो । तर, निर्णय हुन सकेन । त्यसपछि हामीमाथि परेको अन्यायविरुद्ध पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटौं र सम्पूर्ण बेली विस्तार लगाऔं भनेर हामी उहाँको घरमै पुग्यौं ।

साउन २७ गते माधव कुमार नेपाललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्यौ । सेयर बजारप्रति सकरात्मकत रहेका राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालका साथै पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई पनि कार्यक्रममा बोलायौं । उक्त कार्यक्रमले धेरै हदसम्म लगानीकर्तामा रहेको चरम निरासालाई चिर्न सफल भएको थियो ।

जब मेरो पनि नाम जोडियो

पूँजी बजारमा रहेका बेतिथिको अन्त्यको लागि लगानीकर्ता साथीहरुको अनसन अगाबै सरकारले पूँजी बजार र मूद्रा बजारको समस्या समाधानको लागी भनेर समिति बनाएको थियो । त्यो समितिमा नेपाल पुँजीबजार लगानीकर्ता संघलाई लगानीकर्ताको तर्फबाट समावेश गराईएको थियो ।

सार्वजनिक हितकै मुद्दा लिएर म आफ्नो संस्थाबाट प्रतीनिधित्व गर्दै छलफल समितिमा सहभागिता जनाउँदै थिएँ ।

यसैबीच सम्पुर्ण लगानीकर्ताको जायज माग, साझा माग सम्बोधन हुनैपर्छ भनेर बसिएको अनसनमा एक्यबद्धतासहित सहभागी हुन म बार्ताकै बीच दबाब समुहले उठाएको अर्थमन्त्रीको राजिनामा बाहेकको सम्पुर्ण माग पुरा हुनैपर्छ भनेर उक्त कार्यक्रममा पुगें । टाउकोमा कालो पट्टी बाँधेर आफ्नो कुरा राखें ।

 

समितिको बार्तामा लगानीकर्ता साथीहरु अनसनमा हुनुहुन्छ, उहाँहरुको माग यथाशक्य छिटो सम्बोधन गरियोस् भनेर मौखिक रुपमा मात्र नभई आफ्नो मागसँगै लिखित रुपमै सुझाव पेश गरेकी थिएँ ।

एकपटक आँखा चिम्लिएर छातीमा हात राखेर सोचौं, ब्यक्तिगत स्वार्थ त्यागेर सार्वजनिक हितको लागि मैदानमै गएर भिड्दैछुँ त्यो पनि चिरिएको मुटु लिएर । पाइलैपाइलामा जम्काभेट हुने स्वार्थ र नकारात्मक सोचका थासहरुबाट जोगिंदै आफ्नो गन्तव्यमा पुग्न कति दुःख कष्टको सामना गर्नु पर्ने हुँदो हो ?

अनसनरत समुहलाई बार्तामा बोलाउने निर्णय भए लगत्तै केही प्रतिनिधिहरु समितिको वार्तामा सहभागी हुनुभयो । बैठकमा पनि उहाँहरुको साझा माग भन्दा पनि म माथि आक्रोश बढी थियो । त्यो समयमा मन धेरै नै भक्कानियो । खै कसरी व्यक्त गरौं शब्दमा ? ओपन हार्ट सर्जरी गरेकी मान्छे म । कति गारो भयो होला सहनलाई ! त्यो कुरा त्यहाँ म माथि खनिनेहरु बुझ्नेवाला पनि थिएनन्, जुन मैले आवश्यक पनि ठानिँन ।

वार्ताको क्रममा ब्याक्तिगत पुर्वाग्रह राख्नुभएका केही व्याक्तिहरुले म प्रति हिंसात्मक ब्यवहार पनि देखाउनु भयो । बैठकमा सार्वजनिक हितको बिषयलाई कुल्चिएर व्यक्तिगत इगोलाई नै ठुलो मुद्दा बनाईयो, जुन ज्यादै नै खेदपुर्ण थियो ।

एक अनलनइन मिडियामा ‘तुहियो सेयर लगानीकर्ताको अनशन, अनशनकारी घर फर्किए’ भन्ने शिर्षकको लेख राधा पोखरेल नै लेखेको हो भन्दै झ्याली पनि पिटाइयो । समाचार हो कि लेख हो ? कसले लेखेको हो ? भनेर नहेरी, भित्री गुदी नहेरी बोक्रा हेरेर आरोप लाउने षड्यन्त्र भयो म माथि । पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्धमा चौतर्फी आवाज उठिरहेको बेलामा महिलाले महिलालाई गर्ने मानसिक हिंसाको सिकार बन्न पुगे म ।

मुटुको सर्जरी गरेको मानिस भनेको शारिरिक रुपमा बिरामी मानिस हो । जसलाई तनावरहित स्वस्थ जिवन जिउन, समय समयमा स्वाथ्य परिक्षण गर्न, नियमित औषधी सेवन गरेर आराम गर्न सुझाइएको हुन्छ ।

तर आजभोलि व्यस्तता निकै बढेर होला राम्रो सँग आफ्नो ख्याल गर्न पनि पाएकी छैन । तर यस्तो स्थितिमा पनि सामाजिक सञ्जाल मा आएको प्रतिक्रिया हेरेर न रिसाउनु, न बौलाउनु हुन्छु । शारिरीक त बिरामी छँदैछु अझ मानसिक बिरामी नै बन्न पुग्छु कुनैबेला ।

एकपटक आँखा चिम्लिएर छातीमा हात राखेर सोचौं, ब्यक्तिगत स्वार्थ त्यागेर सार्वजनिक हितको लागि मैदानमै गएर भिड्दैछुँ त्यो पनि चिरिएको मुटु लिएर । पाइलैपाइलामा जम्काभेट हुने स्वार्थ र नकारात्मक सोचका थासहरुबाट जोगिंदै आफ्नो गन्तव्यमा पुग्न कति दुःख कष्टको सामना गर्नु पर्ने हुँदो हो ?

पक्कै पनि सानो होस् वा ठूलो काम गर्न सजिलो छैन । र, म जुन रूपमा यहाँसम्म आएँ, यसबीचमा धेरै नै बाधाहरु आए । अझै कति आउने हुन् थाहा छैन । तर, हिम्मत हार्दिन । सानैमा मृत्युसँग जुधेकी हुनाले सबै समस्यासँग जुध्न सक्ने सामर्थय ममा अझै बाँकी छ ।

नारी भनेको लहरा हो, जसको अस्तित्व रूखबिना सम्भव छैन भन्ने मानसिकता बाँकी नै छ हाम्रो समाजमा । नारी पनि एउटा स्वतन्त्र वृक्ष हो, जो अरूको सहयोगबिना पनि एक्लै उभिन सक्छे भनेर अझैसम्म विश्वास गर्न सकेको छैन । तर म त्यो पुरा गरेर छाड्नेछु ।

देशले नचिनेका अर्थमन्त्रीले जब मलाई चिन्नुभयो

कामकै सिलसिलामा मैले राजस्व सचिव शिशिर ढुंगानासँग भेटे । मेरो लक्ष्य भनेको पुँजी बजारको हक हित नै थियो । यसै रफ्तारलाई अघि बढाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाको निवासमा पुगें । त्यहाँ पुगेपछि मलाई धेरै नमज्जा लाग्यो । यतिराम्रो अर्थमन्त्री पाएको रहेछ देशले । तर हामी भने कागले कान लग्यो भन्दैमा त्यसकै पछि लागिरहेका रहेछौं ।

अर्थमन्त्रीले मलाई निवासमा झण्डै एकघण्टा भेट्न समय दिनुभयो । दुनियाँले सोचेभन्दा फरक पाएँ उहासँगको लामो बसाइमा ।

र, मैले ज्यादै जिद्धि गरें कि हजुरसँग आजै अर्थमन्त्रालयमा हाम्रो टिम समेतले भेट्नुर्पयो, हजुरलाई एउटा ज्ञापनपत्र बुझाउँनु छ । मैले अनुरोध गरेपछि उहाँले २ बजे आउनुस् भनेर समय दिनुभयो ।

राजधानी बाहिर सेयर कारोबारको लागि ब्रोकर कार्यालय पुर्याउन र यसै रफतारलाई अघि बढाउदैं मैले पूँजीगत लाभकर ५ प्रतिशत कायम गराउन कति हण्डर खाँए होला ? त्यसको लेखा-जोखा नै छैन । अरु बजारमा नाफा र घाटा हिसावमा अल्झिएको बेला म भने कहिले अर्थ मन्त्रालयमा त कहिले अर्थमन्त्री निवासमा हानिन्थेँ ।

कंयौ नेताहरुलाई सेयर बजारका समस्याहरु अबगत गराएँ । हाम्रो संघको पहलमा अर्थमन्त्रीज्यू समक्ष यस बिषयलाई लिएर धेरै पटक साक्षात्कार गरें । डा. युवराज खतिवडा समक्ष पटक-पटक भेट गरें । यस बिषयमा जगजाहेर गराएँ । कंयौ बेला घरको ढोका र अर्थको गेटमा रोकिएँ । तर पनि आफ्नो कर्तव्यबाट कहिल्यै पछि नहट्ने बानिले आज सफल भएरै छाडें । जुन कुरा बजेटले नै प्रमाणित गरिसकेको छ ।
यसले अबको पुँजी बजारमा निकै सुधारको अपेक्षा गरिएको छ ।

र, अन्त्यमा

आज मलाई अत्यन्त खुशी लागेको छ । मैले अध्यक्षको जिम्बेबारी ग्रहण गर्दाको बखत नै भनेको थिएँ कि, सबै लगानीकर्ताहरुको पहुँचमा सेयर बजार पुर्याउन जोड दिनेछु । र, लगानीकर्ताको हितमा काम गर्नेछु भनेर जुन वाचा गरे आज केही हदसम्म पुरा गरेको आभाष गर्दैछु ।

समानताको यस अभियानमा लाखौंलाख हुनुहुँदो रहेछ भन्ने कुरा नजिकबाट बोध गरेकी छु ।

यस कार्यमा सहयोग गर्ने विशेष गरी अर्थमन्त्री, अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी तथा म अध्यक्ष रहेका संस्थाका सबै अधिकारीहरुमा हार्दिक आभारका साथै धन्यवाद ज्ञापन गर्दछु ।


क्लिकमान्डु