अर्थमन्त्रीको उपहारले सेयर बजारमा उछाल
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत ७.५ प्रतिशत रहेको लाभकरलाई ५ प्रतिशतमा झारेपछि पुँजी बजारमा उछाल देखिएको छ ।
सेयर कारोबार सुरु भएको १ घन्टामा नै बजारमा नेप्से मापन गर्ने सूचक १९.११ अंकले बढेर परिसूचक १३३३ बिन्दुमा रहेको छ ।
एक घन्टाको अवधिमा सेयर बजारमा ५८ करोड ९३ लाख ७५ हजार ७६० रुपैयाँको सेयर कारोबार भएको छ । ११ वटा समूहको कारोबारमा होटल बाहेक सबैमा हरियाली देखिएको छ ।